बलम्बु अस्पतालमा कार्यरत प्राविधिक डीएसपी डाक्टर ८० दिनदेखि सम्पर्कविहिन भएपछि….
थानकोट ।
चन्द्रागिरि नगरपालिका बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कार्यरत एक जना प्राविधिक डीएसपी लामो समयदेखी सम्पर्क विहिन भएपछि गृह मन्त्रालयले गोरखापत्र दैनिकमा सूचना जारी गरेको छ ।
डा. नेत्र बहादुर कार्की २०८० चैत्र १४ गतेदेखी बिना जानकारी सम्पर्कविहीन रहेपछि उनीमाथि स्पष्टीकरण सोधिएको हो ।
यसअघि जेठ २० गते गोरखापत्र दैनिकमै सशस्त्र प्रहरी बल मुख्यालयले सूचना प्रकाशित गरि सम्पर्कमा आउन भनेपनि कुनै रेसपोन्स नगरेपछि सशस्त्र प्रहरीले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयमा सिफारिस गरेपछि डा. कार्कीलाई सात दिन भित्र गृह मन्त्रालयलमा स्पष्टीकरण पेश गर्न मन्त्रालयले सूचना जारी गरेको हो ।