आर्थिक वर्ष २०८१/८२ का चन्द्रागिरि नगरको नीति तथा कार्यक्रम पारित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको बिहीबार बसेको चाैधाैं नगर सभाले आर्थिक वर्ष २०८१/८२ का लागि चन्द्रागिरि नगरको नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाले विभिन्न पाँच वटा विषयगत शीर्षक नगरको नीति तथा कार्यक्रम पास गरेको हो ।

जसमा आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण क्षेत्र, सुशासन तथा संस्थागत विकास क्षेत्र रहेका छन् ।

अधिकांश विषयवस्तु यसअघिकै नीति तथा कार्यक्रममै समावेश भएका बुँदाहरू दोहोरिँदा केही नयाँ विषयले नीति तथा कार्यक्रममा प्रवेश पाएका छन् ।

नगरप्रमुख घनश्याम गिरीको अनुमतिमा उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाको सभा कक्षमा आयोजित नगर सभामा आगामी वर्षका लागि नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

नगरले उत्पदान, रोजगार र बजारीकरण, चुस्त, दुरुस्त र प्रविधियुक्त सुशासन भन्ने सिद्धान्तलाई अंगिकार गर्दै नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

आकाशे पानी सञ्चित गरी थोपा सिंचाईमार्फत आधुनिक सिंचाई प्रविधिको प्रवर्द्धनलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । उपभोक्ताहरूलाई सचेत र जागरुक बनाउनका लागि उद्योगी व्यवसायीहरूसमेत सम्मिलित गरी उपभोग्य वस्तुहरू सम्बन्धमा अभिमुखीकरण गराउने नीति चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा समावेश छ ।

यस्तै नगरका हरेक वडा तथा मुख्य मार्ग र टोल बस्तीहरूमा आवश्यकताका अनुसार महत्वपूर्ण स्थानीय रैथाने नामसहितको स्थान सूचक बोर्ड राख्ने विषय चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै नगरका ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय लगायतका क्षेत्रहरूको खोजी गरी प्रचारप्रसारमा नगरले जोड दिने भएको छ । नगरको समग्र इतिहास, सांस्कृतिक मूर्त अमूर्त सम्पदा झल्काउने नगरस्तरीय संग्रहालय स्थापनाको अध्ययन समेत चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा समावेश छ ।

पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक गढी/थानाहरूलाई जोड्दै चन्द्रागिरि सर्किट एकीकरण पदमार्ग/साइकल ट्रेल निर्माण गरी एक दिने हाइकिङ-एक दिने बास अभियानलाई नगरले प्रवर्द्धन गर्ने नीति लिएको छ ।

यस्तै सार्वजनिक जग्गाहरूको सिमाकंन गरि अभिलेखीकरणमा नगरले जोड दिने बताइएको छ । एक महिला एक सीपको अवधारणा अनुरुप सिकेको सप्मा नै दक्ष बनाउँदै लैजाने नीति चन्द्रागिरि नगरको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका शिक्षित जनशक्ति, दक्ष कामदार, अर्धदक्ष कामदार र बेरोजगारहरूको विवरण संकलन गरी डाटा बैंक स्थापना गरिने विषय समेत चन्द्रागिरि नगरको आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । श्रम डेस्कको व्यवस्थामा समेत चन्द्रागिरि नगरले प्रवर्द्धन गर्ने नीति अंगिकार गर्ने भएको छ । श्रमको सम्मान नगरको अभियान सञ्चालनलाई जोड दिइने बताइएको छ ।

चन्द्रागिरि नगर स्वस्थ शहर घोषणा गर्न विश्व स्वास्थ्य संगठनको सूचकमा आधारित कार्यक्रमहरू कार्यान्वयनमा ल्याइने चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्सहरूको वर्ग स्तरोन्नती गरिने विषयले समेत चन्द्रागिरि नगरको नीति तथा कार्यक्रममा स्थान पाएको छ ।

सामुदायिक स्वास्थ्य नर्सिङ घरदैलो सेवा कार्यक्रमलाई निरन्तारता दिने, नगर अस्पतालमा डायलासिस सेवा सुरु गरिने, बलम्बु स्वास्थ्य चाैकीलाई नहुँदा स्वास्थ्य केन्द्रको भवनमा स्थानान्तरण गरी स्तरोन्नति गरिने विषय समेत सो नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

मातातिर्थस्थित जमुनाडाँडा सामुदायिक वनमा आयुर्वेद जडिबुटी उद्यानलाई अध्ययन केन्द्रको रूपमा विकास गर्ने विषयले नगरको नीति तथा कार्यक्रममा स्थान पाउँदा शिक्षामा सुधार, विकासको मूल आधार नाराले समेत सो कार्यक्रममा ठाउँ पाएको छ ।

हाम्रो चन्द्रागिरि स्थानीइ पाठ्यक्रम यसैवर्ष कार्यान्वयनमा ल्याइने नगरको नीति तथा कार्यक्रममा समावेश छ । एक घर एक स्नातक कार्यक्रमलाई प्रभावकारी बनाउन नगर क्षेत्रका सामुदायिक क्याम्पसमा अध्ययन गर्ने स्थानीय छोरी, बुहारीहरूलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने विषय समेत नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

विद्यालयमा खेलकुद, संगीत तथा नृत्य प्रशिक्षणका लागि घुम्ती प्रशिक्षकको व्यवस्था गरिने नगरको नीति तथा कार्यक्रम लगायतका विषय समेत नगरको नीति तथा कार्यक्रममा समावेश छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *