नैकाप क्षेत्रमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
नेपाल विद्युत् प्राधिकरणले आज मंगलबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत चन्द्रागिरि नगरका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बलम्बु, थानकोट लगायतका फिडर अन्तर्गत चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने यसअघि नै सूचना जारी गरी जानकारी गराइसकेको छ।
जसअनुसार आज मंगलबार थानकोट फिडरअन्तर्गत नैकाप क्षेत्र, बल्खु पुल क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन लागेको हो । नैकापदेखि बल्खुपुलसम्मको क्षेत्रमामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणको भनाइ छ।
जेठ ३२ शुक्रबार भने बलम्बु फिडरको गुर्जुधारा र सतुङ्गल क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ ।