एमाले काठमाडाैं जिल्ला कमिटीको साताैंं अधिवेशनःचन्द्रागिरिका प्रतिनिधिले कुन पदमा गरे दाबी ?
थानकोट ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएपनि एमाले काठमाडौं जिल्लाको नेतृत्व चयन अन्तत चुनावी प्रकृयामा होमिएको छ।
अध्यक्ष ओलीको निर्देशनका बाबजुद सहमति जुट्न नसकेपछि महाधिवेशनमा मतदान हुन लागेको हो ।
सो पार्टीको जिल्ला अध्यक्षमा हालका अध्यक्ष दीपक निरौलाले पुनः दाबी पेश गर्दा अर्का नेता निर्मल देउलाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीको साताैंं अधिवेशनका विभिन्न पदमा चन्द्रागिरि नगरबाट चयन भएका प्रतिनिधिले समेत उम्मेदावरी दिएका छन्, यद्यपी सो उम्मेदवारी प्रारम्भिक भएको बताइएको छ ।
थानकोट टाइम्सलाई प्राप्त सूची अनुसार नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीको उपाध्यक्षमा चन्द्रागिरिका नवराज भट्टले दाबी पेश गरेका छन् सो पदमा ४ जनाको दाबी रहेको छ ।
जिल्लास्तर तर्फको खुला सदस्य १४ पदमा चन्द्रागिरिका दिपक पनेरु तथा राजभाइ महर्जनले दाबी पेश गरेका छन् सो पदमा ३९ जनाको दाबी छ ।
जिल्ला स्तरीय खुला युवा पदमा चन्द्रागिरिका संजय सिग्देलले दाबी पेश गरेका छन् । ८ सदस्यीय सो पदमा १० जनाको दाबी परेको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं ९ खुला सदस्य १ पदका लागि अनन्तराज सिग्देल र सञ्जीव आचार्यले दाबी पेश गरेका छन् । सो निर्वाचन क्षेत्रको युवा महिला पदका लागि भने चम्पा रोक्का अछामीको एकल उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १० को दलित खुला पदमा राजेश परियारको एकल उम्मेदवारी पर्दा यो निर्वाचन क्षेत्रको खुला सदस्यमा केशरत्न बज्राचार्यले, भरत खवास र राजेन्द्र महर्जनको उम्मेदावारी परेको छ । यो पदमा १ जना सदस्य रहने व्यवस्था छ ।
यहि निर्वाचन क्षेत्रको युवा महिला कोटामा २ जनाको उम्मेदवारी परेको छ जहाँ अरुणा लामा र सम्झना तामाङले दाबी पेश गरेका हुन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र तर्फ ९ को ख को खुलातर्फ इन्द्र बहादुर महर्जन र पुरुषोत्तम खनाले उम्मेदवारी दिएका छन् । यो कोटामा २ सदस्य रहने व्यवस्था छ ।
यहि निर्वाचन क्षेत्रको महिलातर्फ सावित्री दवाडीको एकल उम्मेदवारी परेको छ ।
प्रदेश १० को ख तर्फ सुदर्शन केसी, श्रीधर भुर्तेल र हरिभक्त महर्जनले दाबी पेश गरेका छन् । यहाँ २ सदस्य पद रहने व्यवस्था छ ।
यहि निर्वाचन क्षेत्रको महिला कोटामा भने बसन्ती श्रेष्ठको एकल उम्मेदवारी परेको छ।
पालिका क्षेत्र तर्फ चन्द्रागिरिका जगदीश रिजालको एकल उम्मेदवारी रहेको छ ।
चन्द्रागिरिकै पालिका क्षेत्र महिला तर्फका ३ सदस्य पदमा विन्दु श्रेष्ठ, बुद्धलक्ष्मी महर्जन र रञ्जु खड्काले उम्मेदवारी दिएका छन् । चन्द्रागिरिकै खुला क्षेत्र तर्फ ४ सदस्य पदमा १० जना आकांक्षी देखिएका छन् ।
जसमा इन्द्रभक्त गोपाली, भक्तलाल श्रेष्ठ, भरत श्रेष्ठ, माधव प्रसाद रेग्मी, राजु श्रेष्ठ, राजेन्द्र केसी, राम भरोसा गिरी, राम शरद खत्री केसी, लक्ष्मण कुमार तण्डुकार र शिवकुमार महर्जन रहेका प्रमुख निर्वाचन अधिकृत कुमारी खरेलले जानकारी दिइन् ।
तस्बिरः अधिवेशन उद्घाटनका क्रममा चन्द्रागिरि नगर कमिटिका नेता तथा कार्यकर्ताहरू लगायत