चन्द्रागिरि-७ मा निःशुल्क आँखा जाँच शिविर, लाभग्राही २७० जना मध्ये २० मा मोतिबिन्दुको लक्षण
थानकोट ।
चन्द्रागिरि नगरपालिका ०७ महादेवस्थानमा शनिबार आयोजित निःशुल्क आँखा शिविरमा २७० जनाले सेवा लिएका छन् ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग एवं शहरी स्वास्थ्य केन्द्रसँगको सहकार्यमा आयोजित सो शिविरबाट २० जनामा मोतिबिन्दुको लक्षण देखिएको बताइएको छ ।
मोतिबिन्दुको लक्षण देखिएकाहरूको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा शल्यक्रिया गरिने वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिनुभयो ।
जसका लागि लाग्ने शुल्क वडा कार्यालयले व्यहोर्ने छ ।