जेठ २६ गते चन्द्रागिरि-७ स्थित शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित शहरी स्वास्थ्य केन्द्रमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

जेठ २६ गते शनिबार सीमचाैरस्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन हुने सो शिविरमा आँखा परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श सेवा, उच्च रक्तचाप, मधुमेह रोगको स्क्रिनिङ सेवा उपलब्ध हुने बताइएको छ ।

शिविर बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म जारी रहने वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिनुभयो ।

शिविरका क्रममा मोतिया बिन्दुका बिरामीहरू पहिचान भएमा उनीहरूका लागि थप उपचारका लागि वडा कार्यालयको सहजीकरणमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर शल्यक्रियाका लागि समेत सहयोग गरिने वडाध्यक्ष केसीको भनाइ छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *