न्यून मूल्यमा त्रिभुवन पार्कको जग्गा भाडामा दिने विषय अध्ययन गर्न समिति गठन

Thankot Times

थानकोट ।

वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले त्रिभुवन पार्कको ५० रोपनी जग्गा न्यून मूल्यमा भाडामा दिएको विषयको छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्री दीपेन्द्र श्रेष्ठले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी प्रदेश सरकारको कानून मन्त्रालयका सचिव विनोद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्  । समितिमा प्रदेशको भूमि व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रतिनिधि पनि सदस्य राखिएको बताइएको छ ।

पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी नौ हजार १५० रूपैयाँ पाउने गरी फन पार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको थियो । वार्षिक रु. ५४ लाख मात्र आउने गरी २० वर्षका लागि सम्झौता गरिएको यो घटनाको छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन लागिएको हो । मन्त्रिपरिषद्को २०७५ को निर्णयानुसार त्रिभुवन पार्क वाग्मती प्रदेश सरकारले हेर्ने गरी तोकिएको थियो राससको खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *