सवारी साधनको वायु गुणस्तर जाँच गर्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सार्वजनिक तथा नीजि सवारी साधनको वायु गुणस्तर परीक्षण गरिने भएको छ ।

अमेरिकी सहयोग नियोग यूएसआइडीको स्वच्छ हावा कार्यक्रम, सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा चन्द्रागिरि नगरपालिकाले जेठ १६ र १७ गते सार्वजनिक तथा नीजि सवारीसाधनको वायु गुणस्तर परीक्षण गर्न लागेको हो ।

नगरको जेठ ३ गते बसेको बैठकको निर्णय अनुसार हुने सो कार्यक्रम बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म जारी रहने चन्द्रागिरि नगरपालिका वातावरण शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *