सतुङ्गलमा सांसद् श्रेष्ठको सचिवालय स्थापना, सचिवालयलाई प्राप्त रकम विद्यालयलाई हस्तान्तरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको सचिवालय औपचारिक रूपमा सुरुआत गरिएको छ । 

बिहीबार एक कार्यक्रमका बीच नेपाली काँग्रेस पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायको उपस्थितिम सांसद् श्रेष्ठको सचिवालयको उद्घाटन गरिएको हो । सो क्रममा बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, नेपाली काँग्रेसका क्षेत्रीय सभापति धर्मनन्द श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट थियो । 

सो क्रममा सांसद् श्रेष्ठले सचिवालय स्थापनार्थ प्रदेश सरकारले उपलब्ध गराएको ५० हजार रूपैयाँ स्थानीय उन्नति महिला विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त विद्यालयमा सात देखी ६५ वर्ष उमेर समुहका करिब सय जना विशेषगरी गृहणी महिलाहरू अध्ययनरत छन् । सो विद्यालयमा कक्षा ८ सम्मको पाठ्यक्रम अध्यापन हुँदै आएको बताइएको छ । 

प्रदेशसँग सम्बन्धित आयोजनाहरूका लागि सहजीकरणका एवं आम प्रदेश बासीहरूसँग नियमित साक्षात्कार गर्ने प्रयोजनका लागि सो सचिवालय स्थापना गरिएको सांसद् श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँ समानुपातिक तर्फ नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्दै आउनुभएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *