चन्द्रागिरि नगरको मेलमिलापकर्तामा सूचिकृत हुन चाहनेहरूका लागि सुवर्ण अवसर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले मेलमिलाप केन्द्रहरूमा रहि मेलमिलाप कार्यमा संलग्न हुन चाहनेहरूका लागि सूचीकृत हुन आह्वान गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै नगरको कानून शाखाले चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा रहि कार्य गर्न इच्छुक व्यक्तिले ३० दिन भित्र सूचीकृत हुन निवेदन पेश गर्न सक्ने जनाएको हो ।
स्नातक तह उत्तीर्ण गरेका नेपाली नागरिकहरूले नगरको मेलमिलापकर्ताका रूपमा सूचीकृत हुन सक्नेछन् ।
यसअघि मेलमिलापकर्ताका रूपमा कार्य गरिरहेका व्यक्तिहरूले पनि सोहि अवधिभित्र विवरण अद्यावधिक गरिसक्नु पर्ने सो सूचनामा उल्लेख छ।