नेकपा एमाले चन्द्रागिरि नगरले आज नयाँ नेतृत्व पाउने
थानकोट।
नेपाल कम्युनिष्ट पार्टी एमालेको चन्द्रागिरि नगरको दोश्रो अधिवेशन हिजो शनिबारबाट जारी छ ।
अधिवेशनको पहिलो दिन उद्घाटन सत्र सकिएको छ ।
दोश्रो तथा अन्तिम दिन आज बन्द सत्रको कार्यक्रम सुरु हुँदैछ ।
नगरको नेतृत्व चयन लगायतको कार्यका लागि सतुङ्गलस्थित एक पार्टी प्यालेसमा बन्द सत्रको तयारी भइरहेको एक नेताले जानकारी दिए ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको नेतृत्वका लागि ४ जनाले आकांक्षा राखेको बताइएको छ । साथै, अन्य पदहरूमा समेत एक भन्दा बढीको दाबी रहेको बताइन्छ ।
यद्यपी, बन्द सत्रमा मनोनयन लगायतका कार्य सुरु हुने भएकोले औपचारिक रूपमा आकांक्षीहरूको संख्या यकिन हुने नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।
१ हजार १ सय ४२ जना संगठित सदस्य रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीमा १५ जनाबाट एक जना प्रतिनिधि रहने गरी ७९ जनाले अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
नगर कमिटीका ८१ जना, प्रत्येक वडाबाट २-२ जना गरी ३० जना, सल्लाहकार परिषद् बाट ३० जना, अ.ने.म. संघलगायतका शुभेच्छुक संस्थाबाट ६५ जना गरी कुल २ सय ६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।
प्रतिनिधिका लागि एमालेले दलित, समावेशी, खुला र युवाबाट प्रतिनिधी चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।