चेकपोस्ट-थानकोट-दहचोकका मासुपसल अनुगमन, फ्रिजमा राखिएका मासु अब पनि किन्ने कि ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रका मासु पसलमा नगरपालिकाले अनुगमन तिब्र बनाएको छ ।
केही दिन अघि तीनथाना-नैकाप-सतुगंल क्षेत्रमा सञ्चालनमा रहेका मासुजन्य पदार्थ बिक्री केन्द्रमा अनुगमन गरेको चन्द्रागिरि नगरले बिहीबार थानकोट, चेकपोष्ट, दहचोक क्षेत्रका मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश मासु पसलमा भण्डारण गरिएका माछा मासुको अवस्था निकै दयनीय रहेको अनुगमनमा खटिएका नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताउनुभयो ।
बजार अनुगमनका लागि स्थानीय तहले स्वयंले अनुगमन र कारबाहीका लागि नीति बनाउनेतर्फ चन्द्रागिरि नगर अग्रसर रहेको अर्यालको भनाइ छ ।
मासु पसल अनुगमनको नेतृत्व गर्नुभएकी उपमेयर बसन्ती श्रेष्ठले पटक पटक अनुगमन गरि कैफियत देखिएका व्यवसायीहरूमा मापदण्ड पूरा गर्न अनुरोध गरिएकोमा अब सो किसिमको अनुरोध नगरिने र नगरपालिका कारबाहीमा उत्रने धारणा राख्नुभयो ।
नगरको पशुसेवा अधिकृत लगायतको टोलीले सो अनुगमनमा खटिएको हो।