नगरबासीहरुका लागि नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर
थानकोट ।
काठमाडौं महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ ।
महानगरले शुक्रबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुन आवेदनका लागि आह्वान गरेको छ ।
महानगरको सामाजिक विकास विभागको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो ।
तयारी कक्षामा काठमाडौं महानगरबासी मात्र सहभागी हुन पाउनेछन् ।
महानगरले आवश्यक कागजातसहित सात दिनभित्र विभागमा आवेदन पेश गर्न भनेको छ ।