थानकोट अस्पतालमा आकस्मिक सेवाको शुभारम्भ

Thankot Times

थानकोट ।

चन्द्रागिरि ४ स्थित प्राथमिक अस्पताल थानकोटमा अब आकस्मिक सेवा (इमर्जेन्सी सेवा) समेत उपलब्ध हुने भएको छ ।

अस्पतालको नवनिर्मित भवनबाट उपलब्ध हुने आकस्मिक सेवा (इमर्जेन्सी सेवा) को नगरप्रमुख घनश्याम गिरीले सोमबार शुभारम्भ गरेका छन् । सो अवसरमा  नगर प्रमुख गिरीले अस्पतालबाट आकस्मिक सेवा २४सै घण्टा छिटो छरितो रूपमा प्रदान गर्न आवश्यक व्यवस्था भइसकेको जानकारी दिए । आकस्मिक सेवा (इमर्जेन्सी सेवा) शुभारम्भ कार्यक्रममा चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, चन्द्रागिरि ४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत अन्य जनप्रतिनिधि तथा अस्पतालका चिकित्सक तथा कर्मचारीको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *