स्थापना दिवसको अवसरमा आज चन्द्रागिरि साकोसले रक्तदान शिविर सञ्चालन गर्दै
थानकोट ।
२३ औं स्थापना दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-०७ थानकोटमा मुख्यालय भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार रक्तदान शिविर सञ्चालन गर्दैछ ।
संस्थाले मुख्य कार्यालय हातामा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मनमोहन स्मृति मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग एवं लायन्स क्लब अफ चन्द्रागिरिसँगको सहकार्यमा सञ्चालन हुने सो शिविर बिहान १० बजेबाट दिउँसो २ बजेसम्म जारी रहने संस्थाले जनाएको छ ।
स्थापना दिवसका अवसरमा चन्द्रागिरि साकोसले वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ भने विभिन्न परोपकारी कार्यमा समेत सहभागिता जनाउँदै आएको छ ।