कोरोनापछि बालबालिकामा बढ्यो आँखाको समस्या
थानकोट ।
कोरोना महामारीपछि नेपालमा आँखाका बिरामी बढेका छन् ।
बालबालिकामा पनि आँखाको रोग बढ्दै गएको तथ्यांकले देखाएको छ । बालबालिकामा आँखाको समस्या बढ्दै गएकाले आँखाको हेरचाहमा ध्यान दिन नेपाल आँखा अस्पतालले आग्रह गरेको छ ।
अस्पतालका सचिव यज्ञध्वज सापकोटा पछिल्लो आठ महिनामा एक लाखभन्दा बढी उपचारमा आइपुगेको बताउँछन् ।
आँखाको समस्या वृद्ध उमेरमा बढी देखिने भए पनि कोरोना महामारीपछि बालबालिकामा धेरै मात्रामा देखिएको उनको भनाइ छ ।
अस्पतालले १६ वर्षभन्दा कम उमेरका १५ हजारभन्दा बढी बालबालिकाको आठ महिनामा उपचार गरेको छ । उनीहरूमध्ये तीनहजार ५९८ जनाको शल्यक्रिया गरिएको पनि सचिव सापकोटाले बताए ।
नेपाल आँखा अस्पतालले विद्यार्थीहरूको निःशुल्क परीक्षण गर्दै आएको छ । पछिल्लो आठ महिनामा अस्पतालले एक हजारभन्दा बढी विपन्न विद्यार्थीलाई चस्मा वितरण गरेको सापकोटाले बताए ।