बागमती प्रदेश सरकार विस्तार, ८ जना मन्त्री नियुक्त हुँदा ४ मन्त्रालय मन्त्री विहिन

थानकोट । 

नेकपा एकीकृत समाजवादीकी नेत्रृ रमा आलेमगर बागमती प्रदेश सरकारको मन्त्री नियुक्त हुनु भएको छ । 

सोमबार राति मन्त्री नियुक्त हुनुभएकी आलेमगरले आज सपथ लिनुभएको हो ।

मंगलबार बिहान विना विभागीय मन्त्रीको हैसियतमा मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । 

मन्त्री आलेले पाउने मन्त्रालय एक साताभित्र टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताइएको छ । 

सांसद् आलेले मन्त्री पदको सपथ लिएसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ ।

प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४,  एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।

काठमाडौं क्षेत्र नं. १० प्रदेश २ बाट प्रत्यक्ष निर्वाचित सांसद रमा आले मगर बागमती प्रदेश सदस्यमा निर्वाचित सो नेकपा एकीकृत समाजवादी  पार्टीकी एक्लो सांसद् हुनुहुन्छ ।

तस्बिरः रातोपाटीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *