आज वाडभञ्ज्याङ्गमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको आयोजनामा आज शनिबार महिलाहरूका लागि लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङ्गस्थित स्वास्थ्य चाैकीमा सञ्चालन हुने सो शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन क्यान्सर सम्बन्धी जाँच हुने बताइएको छ ।
बिहान १० बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म जारी रहने चन्द्रागिरि नगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष जय तामाङले जानकारी दिनुभयो ।