तीनथानास्थित मितेरी पुलनजिक मृत भेटिएका पुरुषको पहिचान खुल्यो
थानकोट ।
मंगलबार साँझ चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित बखु खोलामा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार कीर्तिपुर र चन्द्रागिरि नगर जोड्ने मितेरी झोलुङ्गे पुलनजिक खोलामा सप्तरी जिल्ला राजगढ गाउँ पालिका-२ का वैभव सिंह मृत फेला परेका हुन्।
३२ वर्षीय सिंह तीनथानास्थित फरेष्ट पाखा क्षेत्रमा बस्दै आएको बताइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । मृतकको शव मुचुल्का गरी पोष्टमर्टनका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
तस्बिरः वीरेन्द्र शाक्य