तीनथानास्थित बखु खाेलामा एक पुरुषकाे शव भेटियाे, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि र कीर्तिपुरकाे सीमा क्षेत्रमा मंगलबार एक पुरुषको शव फेला परेको छ ।
चन्द्रागिरि नगरपालिका तीनथानास्थित सिभिल हाेम्स नजिकै खाेलामा एक अपरिचित पुरूषकाे शव फेला हाे । खाेलामा डुबेको अवस्थामा भेटिएको पुरुषको शवकाे मुख र दाहिने आँखामा चाेट देखिएकाे छ ।
अहिले प्रहरी प्रभाग नैकापकाे प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ ।
घटनाका बारेमा थप विवरण आउन बाँकी छ।
तस्बिर: वीरेन्द्र शाक्य