मातातिर्थ-चखेल घट्टेखोला सडक बिहीबारबाट १५ दिन बन्द गरिने

थानकोट ।
सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने प्रयोजनार्थ सतुगंल-मातातिर्थ-चखेल-महालक्ष्मी दोभान सडकखण्ड भोलि बिहीबारबाट बन्द गरिने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले सो सडकमा चैत्र ८ गतेबाट २३ गतेसम्म सवारी साधनको सञ्चालन बन्द गर्ने निर्णय भएको जानकारी दिए ।