महिनादिन अवरुद्ध भएको नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आजबाट पुनःसुरु हुने

थानकोट ।
पछिल्लो एक महिनादेखि रोकिएको राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको बताइएको छ।
चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का स्थानीयले अवरोध गरेपछि फागुन ६ गतदेखि सुरुङ निर्माणलगायत आयोजनाको सबै काम रोकिएको थियो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डमरूका अनुसार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले स्थानीयको माग सम्बोधन गर्ने आश्वासनदिनुभएपछि अवरोध नगर्ने सहमति भएको जानकारी दिनुभयो ।
काम रोकिँदा आयोजनालाई ३० करोड रुपियाँ क्षति भएको आयोजनाको भनाइ छ ।
यस्ता छन् सुरुङ मार्ग क्षेत्र प्रभावित स्थानीयहरूले लामो समयदेखि अघि सारेका मागहरूः