बलम्बु च्याउ सहकारीको १५ औं स्थापना दिवसमा रक्तदान, भोजान दान, सहकारी शिक्षा शिविर…

Thankot Times

थानकोट ।

बलम्बु च्याउ सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गरी १५ औं स्थापना दिवस मनाएको छ ।

संस्थाले स्थापनाको दिवसको अवसरमा सहकारी शिक्षा शिविर, विद्यार्थीसँग सहकारी शिक्षा, वृद्धाश्रममा भोजन दान, निःशुल्क स्वास्थ्य शिविर, पाठेघार जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले आयोजना गरको पाठेघर जाँच शिविरमा ६७ जनाले जाँच गराएको संस्थाले जनाएको छ । त्यसैगरी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका थिए ।

चन्द्रागिरि नगरपालिका १२ बलम्बुमा २८ जना च्याउ उद्यमीहरुको सहभागीतामा संस्था स्थापना भएको अध्यक्ष अमरदिप सिंह महर्जनले बताए । १५ बर्षको अवधिमा सहकारीले समुदायमा राम्रो पहिचान बनाएको र विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समयमा पनि संस्थाले वित्तीय सन्तुलन कायम गर्न सकेको उनको भनाई छ । महाभुकम्प र कोभिड १९ महामारीको समयमा सदस्यको घरदैलोमा नै गएर संस्थाले सेवा प्रदान गरेकाले संस्थाले सदस्यको विश्वास जित्न सकेको उनले जनाए । संस्थालाई यस स्थानमा पुर्याउन विश्वास गरेर नियमित कारोबार गर्ने सदस्य,लगनशिल कर्मचारी र सञ्चालक समिति तथा विभिन्न उपसमितिप्रति संस्थाले कृतज्ञता प्रकट गरेको छ ।

देशमा तरलता अभाव हुँदा समेत संस्थाले प्रयाप्त तरलता व्यवस्थापन गरी बचत तथा ऋणको कारोबारलाई सहज बनाउन सकेको महर्जनले बताए । संस्थाको यस अबधिमा ३ हजार ९६० सदस्य,४ करोड २९ लाख १७ हजार शेयर पुँजी,१ करोड ५८ लाख जगेडा कोष,१ करोड ५२ लाख अन्य कोष, ५४ करोड ८१ लाख बचत संकलन र ५३ करोड ८३ लाख ऋण लगानी गरी कुल कारोबार ६७ करोड ८७ लाख पुगेको छ । नीति, विधि र प्रविधिमा आधारित भएर शुसासन कायम गर्दै  सदस्य र समुदायको विश्वासयोग्य संस्था बनाउने उदेश्यका साथ अगाडी बढेको उनको प्रतिबद्धता छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *