थानकोट गोदामचोकमा चैत्र १० गते रक्तदान कार्यक्रम आयोजना हुने
थानकोट ।
सुचेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा थानकोटमा रक्तदान कार्यक्रम हुने भएको छ।
चन्द्रागिरि नगरपालिका-४ थानकोटस्थित गोदामचोकमा चैत्र १० गते शनिबारका दिन रक्तदान कार्यक्रम हुने बताइएको छ ।
बिहान १० बजेबाट सुरु हुने रक्तदान शिविर दिउँसो २ बजेसम्म जारी रहने प्रतिष्ठानले जनाएको छ ।