दिवंगत सक्सेस केसीको स्मृतिमा भोलि बिहीबार मातातिर्थमा रक्तदान शिविर आयोजना हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थस्थित कञ्चन बस्ती गेटमा भोलि बिहीबार रक्तदान शिविर आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थका सक्सेस केसीको स्मृतिमा सो शिविर आयोजना हुने बताइएको छ ।
गत वर्ष फाल्गुन ६ गते महाशिवरात्रीका दिन ११ वर्षको उमेरमा केसीको निधन भएको थियो ।
दिवंगत केसीको प्रथम स्मृति दिवस पारेर परिवारजनले सो रक्तदान कार्यक्रम संयोजन गरेका हुन् ।
रक्तदान शिविरलाई केन्द्रीय रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।
शिविर बिहान ११ बजेबाट सुरु हुनेछ ।