चन्द्रागिरि नगरमा सुरु भयो दादुरा-रुबेला खोप अभियान, ३५ हजार बालबालिका लाभान्वित हुने

Thankot Times

थानकोट ।

संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार आजदेखि  चन्द्रागिरि नगरपालिकामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेला खोप लगाउने अभियान सुरु भएको छ ।

नगरका सबै वडाहरूमा अभियान एकसाथ सुरु भएको हो । विद्यालय तथा स्वास्थ्य संस्थामा गरी जम्मा ९१ खोप केन्द्रमा सो अभियान चल्नेछ । 

आइतबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित चुनदेवी माविमा खोप क्यारियर महिला स्वास्थ्य कार्यकर्तालाई हस्तान्तरण गर्दै मेयर घनश्याम गिरीले नगरमा खोप अभियानको सुरुवात गर्नुभएको छ । सो क्रममा नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, नगरको स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोका अनुसार खोप अभियानमा चन्द्रागिरि नगरका ३५ हजार बालबालिका सो खोप अभियानमा सहभागी गराउने तयारी भएको छ । 

चन्द्रागिरि नगरमा आजदेखि दादुरा-रुबेला खोप अभियान, ९१ स्थानमा खोप सञ्चालन केन्द्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *