तीनथानाबाट समातिए ११ जना जुवाडे, फेला पर्यो ६५ हजार ७ सय ५० रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले तास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *