चन्द्रागिरि नगरमा फागुन १३ देखि २४ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा यहि फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सुरु हुने भएको छ ।
९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूका लागि लक्षित गरि सञ्चालन हुने सो खोप अभियान नगरका सबै १५ वटै वडामा सञ्चालन हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनालले जानकारी दिए ।
चन्द्रागिरि नगरमा विभिन्न ९१ स्थान/केन्द्रमा सञ्चालन हुने खोप अभियान हुने बताइएको छ । ती खोप केन्द्र स्वास्थ्य चाैकी, शहरी स्वास्थ्य केन्द्र, विभिन्न सरकारी तथा संस्थागत विद्यालयमा सञ्चालन हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
खोप केन्द्र तथा मितिः