त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जना प्रा.डा.को नाम सिफारिस

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले तीन जनाको नाम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको छ । 

समितिले आइतबार सम्पन्न अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिको सचिवालयका अनुसार १४ जनासँगको अन्तर्वार्ताबाट क्रमशः प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजङ्ग बराल र प्रा.डा. टङ्कनाथ धमलाको नाम सिफारिस गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *