प्रहरी प्रभाग बलम्बुका प्रमुख जिम्मेवारीबाट हटाइए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित प्रहरी प्रभागका प्रहरी प्रमुख इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् ।
उनलाई सोधपुछका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको हो । आइतबार साँझ प्रभागमा गोली चल्दा एक जना प्रहरीसहित दुई जना घाइते भएका थिए ।
ड्यूटी सकेर पेस्तोल कोतमा बुझाउन जाँदा एक्कासी इन्स्पेक्टर श्रेष्ठको पेस्तोलबाट गोली चलेको थियो ।
त्यस क्रममा उनका सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए ।
बलम्बु प्रहरी प्रभाग भित्र गोली चल्यो, एक प्रहरीसहित २ जना घाइते
लगत्तै उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले छानबिन समिति बनाएर जाँच गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई निर्देशन दिएका थिए । खत्रीका अनुसार, जाँचका लागि श्रेष्ठलाई परिसरमा झिकाइएको छ ।