चन्द्रागिरि १३ मा ६५७ मत गणना हुन बाँकी, नेपाली काँग्रेस करीब २ सय मतले अघि

Thankot Times
थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा २६५७ मत खसेको चन्द्रागिरि १३ पुरानो नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवार श्रीकृष्ण खत्रीले ९७५ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवार निवर्तमान वडाध्यक्ष बालमुकुन्द विडारीले ७८१ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ९७० मत पर्दा सूर्य चिन्हमा ७५० मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *