मातातिर्थ जंगलमा मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन सकेन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-८ मातातिर्थमा शनिबार मृत अवस्थामा फेला युवाको सनाखत हुन सकेको छैन् ।

स्थानीय धारापानी सामुदायिक वनमा शनिबार दिउँसो एक युवा झुण्डिएको अवस्थामा देखेका स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

करिब ३४-३५ वर्षका झैं देखिने मंगोलियन अनुहार भएका ती युवा मातातिर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान नजिकै मृत भेटिएका हुन् ।

उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरी प्रभाग मातातीर्थले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *