स्पोर्ट्स अवार्डको शीर्ष तीनमा परे बक्सिङ प्रशिक्षक दिपक महर्जन तथा बक्सर सुष्मा तामाङ

Thankot Times

थानकोट ।

भोलि माघ २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको उत्कृष्ट तीनको छनोट गरेका गरिएको छ। जसमा बक्सिङ प्रशिक्षक चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँका दिपक महर्जन समेत उत्कृष्ठ तीनमा परेका छन् । 

उत्कृष्ट तीनबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ।

वर्ष युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहेका छन्। 

वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन छनोटमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा रहेका छन् । 

वर्षको उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन्।

वर्षको उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं परेका छन् ।

प्रशिक्षक दीपक महर्जन (बक्सिङ) उपलब्धि
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।  

खेलाडी सुष्मा तामाङ (बक्सिङ) उपलब्धि
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित  ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी


Leave a Reply

Your email address will not be published. Required fields are marked *