कीर्तिपुरमा बंगुरमा अफ्रिकन स्वाइन फ्लू को प्रकोप बढ्दा चन्द्रागिरि नगर उच्च जोखिममा

Thankot Times

थानकोट ।

पशु सेवा कार्यालय ललितपुरले मुलुकका विभिन्न जिल्लामा अफ्रिकन स्वाइन फ्लू रोग देखा परेको जनाएको छ ।

कार्यालयका अनुसार तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लाका सुंगुर तथा बंगुरमा सो रोग देखिएको हो ।

कार्यालयका अनुसार चन्द्रागिरि नगरसँग सीमा जोडिएको कीर्तिपुर नगरमा समेत सो रोगको प्रकोप देखिएको जनाएको छ ।

यसैबीच चन्द्रागिरि नगरको पशु सेवा शाखाले नगरमा सुंगुर तथा बंगुर पालक किसानहरूलाई सो रोगबाट फार्ममा संक्रमण हुन नदिन जैविक सुरक्षा विधि अपनाउन अनुरोध गरेको छ ।

साथै शाखाले फार्ममा रहेका सुंगुर तथा बंगुरमा शंकास्पद लक्षण देखा परेमा नगर पशु सेवा शाखामा यथासिघ्र सम्पर्क गर्न तथा फार्ममा रहेका सुंगुर बंगुरको संख्या टिपाउन समेत नगरका पशु सेवा अधिकृत बद्री पाैडेलले सबैमा अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *