नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फारम आजदेखि खुला, परीक्षा चैत्र ३ गते
थानकोट ।
नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फारम आजदेखि खुला हुँदैछ ।
परीक्षा आगामी चैत ३ गते हुनेछ ।
पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फारम भर्न काउन्सिलले आग्रह गरेको छ ।
नियमित दस्तुर तीन हजार १ सय रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १ सय रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फारम भर्न सकिनेछ ।