प्रा.डा. शिवलाल भुसाललाई नै थप ३ महिना त्रिवि उपकुलपतिको जिम्मा
थानकोट ।
नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त गरेको छ ।
भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार सकिनु अघि नै सोमबार उनलाई सरकारले त्रिविको उपकुलपतिमा पुनः नियुक्ति गरेको हो ।
१६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसाल लाई तीन महिनाका लागि उपकुलपति नियुक्त गरेको थियो ।
सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।
सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।
समितिले २३ पुसमा उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार ४३ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीहरुको छनौट प्रकृया शुरु भएको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन (नामावलीसहित)