स्वास्थ्य व्यवसायीको अनुमतिपत्र (लाइसेन्स) परीक्षामा २४% परीक्षार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा नौ विषयका तीन हजार २७९ विद्यार्थी सहभागी थिए । उनीहरूमध्ये ७९८ जना उत्तीर्ण भएका परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *