काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
थानकोट ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।
महानगरभित्रका पाँचवटा आधारभूत प्रवर्धन केन्दलाई प्रथम सेवा विन्दु तोकेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो ।
महानगरवासीलाई माघ ८ गतेदेखि नै बीमा गराउन थालिएको स्वास्थ्य विभागका बीमा फोकल पर्सन कमलप्रसाद भट्टराईले जानकारी दिए । तर, बीमा कार्यक्रमको नियमअनुसार बिमितले जेठ १ गतेदेखि मात्रै सेवा पाउने छन् ।
महानगरका वडा नम्बर ८, १३, १४, १९ र ३० मा रहेका प्रवर्धन केन्द्रबाट सेवा प्रवाह गर्ने तयारी भएको भट्टराईले बताए ।
स्वास्थ्य बीमा कार्यक्रम अब काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मात्रै लागु हुन बाँकी छ ।