महादेवस्थान-मातातीर्थ खानेपानी समितिको अध्यक्षमा एल बहादुर महर्जन, सचिवमा माधव रेग्मी
थानकोट ।
महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा एल बहादुर महर्जन चुनिएका छन् ।
सो समितिका तत्कालीन अध्यक्ष सूर्यनारायण मानन्धरको २०७८ जेठमा निधनभएपछि महर्जन समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए ।
चन्द्रागिरि नगरपालिका ५, ६ र ७ महादेवस्थानमा विगत १३ वर्षदेखी खानेपानी सेवा वितरण गर्दै आएको समितिका अध्यक्षसहित सबै ११ पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मन चयन भएको बताइएको छ।
सो समितिको उपाध्यक्षमा अधिवक्ता पुरुषोत्तम उदास चयन हुँदा सचिवमा माधव प्रसाद रेग्मी सर्वसम्मत भएका छन् ।
यसैगरी बिना रोकाय कोषाध्यक्ष, नन्द कुमार महर्जन सहसचिवमा सर्वसम्मत हुँदा करिब ४ हजार ४ सय उपभोक्ता भएको समितिको सदस्यमा क्रमश रमेश कुमार रुपाखेती, विवेक ढकाल, भक्तलाल श्रेष्ठ, विष्णुबहादुर महर्जन, यशोधा गाैतम केसी र शोभा ओली सर्वसम्मत भएका छन् ।
संस्थाको पाैष २९ गते सम्पन्न साधारणसभाबाट चुनिएका प्रतिनिधिहरु सहितको बैठकबाट ११ जना पदाधिकारीहरु सर्वसम्मत चुनिएकाे निर्वाचन समिति सदस्य तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति महासंघ फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए ।
यसैबीच चन्द्रागिरि नगरकै बृहत खानेपानी आयोजना महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार एक समारोहका बीच उनीहरूले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
चन्द्रागरि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं. का कार्यवाहक अध्यक्ष भुवन केसी, कार्यपालिका सदस्य द्वय उमा थापा र संगीता महर्जन तथा तीन वटै वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन समितिका सदस्य त्रय शरद कुँवर, राजेन्द्र अर्याल तथा विरेन्द्र महर्जनले सपथ गराएका थिए ।