श्रीपञ्चमीका दिन विष्णुदेवी मन्दिर परिसरमा सामुहिक व्रतबन्ध गराइने
थानकोट ।
श्रीपञ्चमीका अवसरमा चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी मन्दिरमा सामूहिक व्रतबन्ध गराइने भएको छ ।
विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजद्वारा मन्दिर प्राङ्गणमा आयोजना गरिने सो व्रतबन्धमा सहभागिताका लागि सो समाजले सबैमा अपिल गरेको छ ।
व्रतबन्धका सन्दर्भमा निम्न ठेगानामा सम्पर्क गर्न सकिने बताइएको छ ।
यसपटक फाल्गुन २ गते श्रीपञ्चमी परेको छ ।