विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजलाई नागार्जुन नगरले दियो पूर्वघोषित १० लाख रूपैयाँ
थानकोट ।
नागार्जुन नगरपालिकाले चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजलाई १० लाख रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
सो मन्दिर क्षेत्रको विकास निर्माणका लागि नागार्जुन नगरले पूर्वघोषित रकम उपलब्ध गराउने विषयमा मंगलबार द्विपक्षीय सम्झाैतामा हस्ताक्षर भएको बताइएको छ ।
नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले गत साउन २३ गते विष्णुदेवी मन्दिर क्षेत्रमा आयोजित विष्णुदेवी, शिवगंगा आरतीमा सहभागी हुने क्रममा सो क्षेत्रको संरक्षण एवं संवर्द्धनका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।
अन्तर नगरपालिका समन्वयात्मक कार्य योजना सम्झौताबाट कार्य सम्पादन हुने गरी सो रकम उपलब्ध गराइने नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।
नागार्जुन नगरपालिकामा मंगलबार आयाेजित द्विपक्षीय सम्झौता कार्यक्रममा चन्द्रगिरि नगरका मेयर घनश्याम गिरी, नागार्जुन नगरका मेयर मोहन बहादुर बस्नेत, चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजका अध्यक्ष गाैरी प्रसाद दवाडी लगायतको उपस्थित रहेको थियो ।
तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नागार्जुन नगरले १० लाख रूपैयाँ दिने