त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन (नामावलीसहित)

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन्  ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार आवेदनको मूल्याङ्कन गरेर केही दिनभित्रै सर्टलिस्ट अर्थात् अल्पसूची प्रकाशन हुनेछ ।

त्यसपछि विज्ञ समितिबाट अल्पसूचीमा परेका बीच प्रतिस्पर्धा गराएर एक जनालाई उपकूलपतिमा छनोट गरिनेछ ।  

त्रिविको उपकुलपतिका लागि दरखास्त दिनेहरुको नामावलीः 

१) विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल,
२) त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ,
३) नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा,
४) पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजङ्ग बराल,
५) त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल,
६) त्रिविकै पूर्वशिक्षाध्यक्ष प्रा.डा. गुणनिधि न्यौपाने,
७) त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य
८) मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह,
९) नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्रा.डा. इन्द्र कार्की,
१०) त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेल
११) सङ्गीता रायमाझी,
१२) सञ्जय आचार्य,
१३) प्रा.डा. टङ्कनाथ धमला,
१४) प्रा.डा. आनन्दवल्लभ जोशी,
१५) प्रा.डा. अक्कलजेव मिश्र,
१६) प्रा.डा. ऋदिशकुमार पोखरेल,
१७) नारायणप्रसाद पाठक,
१८) प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल,
१९) डा. विनयकुमार झा,
२०) डा. शुभनारायण पाठक,
२१) प्रा.डा. महानन्द चालिसे,
२२) सूर्यबहादुर थापा,
२३) प्रा.डा. भोजराज अर्याल
२४) भीमसेन देवकोटा,
२५) प्रा.डा. वेदनाथ शर्मा,
२६) प्रा.डा. नारायणप्रसाद बेल्बासे,
२७) प्रा.डा. हेमराज शर्मा,
२८) प्रा.डा. प्रकाश घिमिरे (काठमाडौँ),
२९) प्रा.डा. प्रकाश घिमिरे (गोरखा),
३०) डा. रामचन्द्र बस्नेत,
३१) प्रा.डा. केदारनाथ घिमिरे,
३२) प्रा.डा. महेन्द्रप्रसाद शर्मा,
३३) प्रा.डा. विनोद पराजुली,
३४) प्रा.डा. देवबहादुर खड्का,
३५) प्रा.डा. कृष्णराज तिवारी,
३६) प्रा.डा. गोविन्द सुवेदी,
३७) प्रा.डा. नवराज देवकोटा,
३८) बालमुकुन्द रेग्मी,
३९) प्रा.डा. रामप्रसाद रेग्मी,
४०) प्रा.डा. चित्रबहादुर बुढाथोकी,
४१) प्रा.डा. त्रिरत्न बज्राचार्य,
४२) प्रा. डा.एकराज ओझा
४३) प्रा.डा. प्रमोदकुमार झा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *