चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता: २२२७ अंकसहित अर्नव शीर्ष स्थानमा, उपाधि छिनोफानो आज
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापमा जारी चाैथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको तेस्रो तथा अन्तिम दिनका खेलहरू सुरु भएका छन् ।
ब्राइट फ्यूचर माविमा अहिले बिहानबाट अन्तिम दिनका खेलहरू सुरु भएका हुन् ।
यसअघि शुक्रबार सम्पन्न प्रतियोगिताको औं चरणको खेल समाप्तिमा नेपालका अर्नव पाण्डे २२२७ अंकसहित शीर्षस्थानमा जमेर रहेका छन् ।
प्रतियोगितामा नेपालकै रुविन श्रेष्ठ ८४२ अंकसाथ दोश्रो स्थानमा रहेको काठमाडौं स्क्राबलका अध्यक्ष बुद्ध गौतमले जनाए । खेल १५ चरणसम्म चल्नेछ ।
स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह-आयोजनामा भइरहेको प्रतियोगिताको साइड इभेन्टमा नेपालकी विन्दु मानन्धर पहिलो तथा अमेरिकाका साम टाइमर दोश्रो स्थानमा छन् ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाबाट ३८ खेलाडी सहभागी छन् ।
संसारभर लोकप्रिय मानिने स्क्राबल खेल कोठे पदको परिस्कृत मानिन्छ ।