फुटपाथमा पसल राखे अब वडा कार्यालयले कारबाही गर्ने

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलको मुल तथा भित्री सडकहरूको दायाँबायाँ फुटपाथमा पसल सञ्चालन गरे कारबाही हुने भएको छ ।

बिहीबार वडा कार्यालयले एक सूचना जारी गर्दै सडकको दायाँबायाँ राखिएका पसल, ठेला गाडा तथा अस्तव्यस्त तरिकाले सवारी साधन पार्किङ गरिँदा पैदल यात्रीका लागि असहजता भएको तथा दुर्घटनाको जोखिम बढेपछि ती कार्य अभिलम्ब हटाउन सबैमा सूचित गरेको हो।

चन्द्रागिरि नगरको व्यस्त मध्येको एक बजारका रूपमा रहेको सतुगंलको मुल तथा भित्री सडकमा वर्षाैंदेखि सडकको दायाँबायाँ फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गरिँदा पैदल यात्रीहरूले समेत सास्ती व्यहोर्न परिरहेको छ भने सवारी साधन समेत सहजै गुड्न पाइरहेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *