चन्द्रागिरि नगर प्राथमिक अस्पतालको स्तरोन्नति हुँदै, १५ शैया थपका लागि नयाँ भवनको शिलान्यास

Thankot Times

थानकोट ।

चन्द्रागिर नगर प्राथमिक अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ । 

बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीले ३ तल्ले भवनको शिलान्यास गरेका हुन् । 

चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित हाल सञ्चालनमा रहेको प्राथमिक अस्पताल हातामै नगरप्रमुख गिरीले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्ण प्रसाद खड्गी, नगरका विभिन्न वडाका वडाध्यहरू लगायत अन्य जनप्रतिनिधिहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, लगायत अन्य शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

हाल १५ शैयाको अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भएपछि कूल ३० शैयाको हुनेछ । 

हाल प्राथमिक अस्पताल सञ्चालन भइरहेको स्थाननजिकै नयाँ अस्पताल भवन निर्माणका लागि मन्त्रीपरिषद्को गत फाल्गुन ४ गतेको बैठकले २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै फागुन २१ गते नगरपालिकाले अस्पतालको निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

निर्माण सम्झाैता भएको ६ महिनापछि अस्पताल भवनको शिलान्यास भएको बताइएको छ ।

निर्माणको जिम्मा पाएको एम ए कन्सट्रक्सनका अनुसार निर्माणस्थलमा भएको बिजुलीको खम्बाका कारण निर्माणमा केही ढिलाई भएपनि निर्धारित मिति (२४ महिना) भित्रै भवन निर्माण गर्ने लक्ष्य लिइएको छ। 

सो कम्पनीले करबाहेक १७ करोड ४९ लाख ३४ हजार १ सय ९९ रूपैयाँ सैतीस पैसामा अस्पतालको भवन बनाउन पेश गरेको बोलपत्र स्वीकृत भएको थियो । ।

गत असार २० गते भएको भवन निर्माण सम्झाैता २०८२ साल असार २० गते सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *