थानकोट-चित्लाङ सडकमा सांसद् बर्तौलाको चासो, सडक डिभिजन कार्यालयका प्रमुखलाई भेटेर के भने ?

थानकोट ।

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चित्लाङ–चन्द्रागिरि–थानकोट सडकमा क्य्रास ब्यारियर राख्न ध्यानाकर्षण गराएका छन् । बर्तौला मकवानपुर-२ बाट निर्वाचित संघीय सांसद हुन् ।

मंगलबार सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाडौं प्रमुख नारायण भण्डारीलाई कार्यकक्षमा बोलाएर बर्तौलाले उक्त सडकलाई क्य्रास ब्यारियरमा राख्न ध्यानाकर्षण गराएका हुन् ।

बर्तौलाले आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटि चित्लाङ सडकको स्तरीकरण तथा दुर्घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

गत शनिबारमात्रै काठमाडौंबाट थानकोट-चन्द्रागिरि हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर भएको दुर्घटना एकै परिवारका पाँचजनाको ज्यान गएको थियो ।

थानकोट–चन्द्रागिरि-चित्लाङ सडकको अवस्था अत्यान्तै जिर्ण भएको, हिउँदमा सुख्खा पहिरो तथा वर्षातमा धेरै ठाउँमा पहिरो जाने समस्याले धनजनको क्षतिको घटना बढेपछि उक्त सडकलाइ क्य्रास ब्यारियरमा राखेर यथासिघ्र निर्माण गर्नुपर्ने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ