चन्द्रागिरि नगर अस्पतालमा रेविज विरुद्धको खाेप सेवा प्रभावित हुने
थानकोट ।
रेविज विरुद्धको खाेपकाे माैज्दात सकिएपछि थानकोटस्थित नगर प्राथमिक अस्पतालले सूचना जारी गरेकाे छ ।
अस्पताल प्रशासनबाट सोमबार जारी सूचना अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सो अस्पतालमा रेविज विरूद्धको खोप सेवा प्रभावित हुने भएको हो ।
आज र भोलि लगातार दुई दिन सार्वजनिक बिदा परेको हुँदा खोपको माैज्दात सकिएको अस्पताल प्रशासनले जनाएको छ। यद्यपि साे खाेप सेवा केही दिनमै पुनः सुचारु हुने बताइएको छ।
नगर प्राथमिक अस्पतालले चन्द्रागिरि नगरबासीहरुका लागि गत पुष २१ गतेबाट रेविज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउन थालेको हो ।