चिकित्सकको लाइसेन्स परीक्षाका लागि आवेदन खुला

Thankot Times

थानकोट ।

चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ ।

नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ ।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।

परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *