चन्द्रागिरि ९ मा पहिलो १०० मत गणना हुँदा रूखमा ४३ भोट सूर्यमा ३४

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ ।

चन्द्रागिरि ९ मा १०० मत गणना सम्पन्न हुँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ४३ मत मत पाउँदा नेकपा एमालेका उम्मेदवारले  ३४मत पाएका छन् । यस वडामा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।

२२८२ मत खसेको चन्द्रागिरि ९ को नेतृत्व लिन १  स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ९ को नेतृत्व लिन एक स्वतन्त्र सहित तीन दलको दाबी


Leave a Reply

Your email address will not be published. Required fields are marked *