आज तीनथानास्थित बखु विष्णुदेवी मन्दिर क्षेत्रमा कुटुम्ब ब्याण्डले प्रस्तुति दिने
थानकोट ।
सात गाउँले जात्राको छेको पारेर चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी युवा क्लबले आज अपरान्ह बखु विष्णुदेवी मन्दिर क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।
साँझ ४ बजेबाट सुरु हुने सो कार्यक्रममा स्थानीय कलाकारहरूका साथै चर्चित सांगितिक समुह कुटुम्बको समेत उपस्थिति रहने बताइएको छ ।
पाैष ६ गते चन्द्रागिरि नगर तथा कीर्तिपुर नगरमा सात गाउँले जात्रा मनाइँदैछ ।